Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १६ : २५ मा प्रकाशित

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं –­ अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम हेटौंडामा सम्पन्न भएकाे छ । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा प्रदेश नं. २ र ३ लाई समेट्ने गरि पौष १७, १८ र १९ गते टि. सी. एन मार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको हाे ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न Portfolio को बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यसैगरी, अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेका थिए । 

उक्त तालिममा २३ जना अभिकर्ताहरूको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. ३ का प्रमुख बद्री नाथ शर्माले गरेका थिए । साथै सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाेधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको