Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण रकम भुक्तानी

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १६ : ५१ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण रकम भुक्तानी

अर्थ संसार, काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजाे बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरेको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

बीमित एलिश थारूको प्रस्तावक आशाराम थारूको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत एक कार्यक्रमका विच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारूलाई रू. ३१,०००।– को चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमल राज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको