अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलकाे २२औं वार्षिक साधारण सभा आज (बुधबार) हुँदैछ । उक्त सभा ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा अहिले ११ बजेबाट शुरु हुनेछ ।
त्यसैगरी, उक्त सभामा गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले पुस १० गते बुकक्लोज गरेको थियो । त्यसैले, पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस