अर्थ संसार, काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य हिजाे (मंगलबार) ताेलामा ५ सय रूपैयाँ घटेर प्रतिताेला ७५ हजार ५ सय रूपैयाँ पुगेकाे थियाे तर आज (बुधबार) फेरी तोलामा एक हजार रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेकाे छ ।
बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतिताेला ७६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार नेपाली बजारमा यो नै अहिलेसम्मकै उच्च मूल्य रहेकाे छ ।
यसैगरी, चाँदी पनि बुधबार ताेलामा २० रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतिताेला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस