Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले (सूचनासहित)

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १० : २४ मा प्रकाशित

डिप्रोक्स लद्युवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले (सूचनासहित)

अर्थ संसार, काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाे अठाराैं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा माघ २६ गते (आइतबार) भरतपुर गार्डेन रिर्साेट, भरतपुर चितवनमा हुने भएकाे छ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि संस्थाले माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, माघ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, सभामा मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने, लघुवित्तको अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्‍याउने, लघुवित्तको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।

5e15626c3ae5f.jpg 5e15627ea4bef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको