Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३५औं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १७ : १३ मा प्रकाशित

नबिल बैंकको ३५औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं –  नबिल बैंकको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बैंकको मिति २०७६ पौस २२ गते बैंककाे सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३५ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशक भन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आ.व. २०७५/७६ मा निजी क्षेत्रका बैंकहरू मध्ये उच्चतम मुनाफा रू.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रू.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रू. २ खर्ब १ अर्ब पुर्याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ % र ६.४५ % ले वृद्दि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रू. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रू. १० अर्ब ९ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष श्री पौड्यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरूलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

साधारण सभाकै अवसरमा मिती २०७६-५-१४ मा केही बिदेशी नागरिकहरू द्वारा विभिन्न बैंकहरूको एटीएमबाट अनधिकत रूपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरू तथा महानगरिय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको