अर्थ संसार, काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाे तेस्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पुस १६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले माघ १० गते (शुक्रबार) का लागि सभा ताेकेकाे हाे । उक्त सभा डार्सिज इन्टरनेशनल हाेटल, बुटवल, रूपन्देहीमा बिहान ११ बजे हुनेछ ।
त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस २५ गतेदेखि माघ १० गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, पुस २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस