अर्थ संसार, काठमाडौं-आँखुखोला जविद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा इन्द्रकृष्ण श्रेष्ठ चयन भएका छन् ।
कम्पनीको पुष २८ गते हुने निर्वाचनको लागि लिखित उम्मदेवारी दिएका श्रेष्ठको दरखास्त उपर कुनै दावी विरोध नभएकोले श्रेष्ठ सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् । त्यसै गरी महिला संचालक सदस्यमा रजनी बस्नेत केसी चयन भएकी छन् ।
कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुने गरी १ जना महिला सहित जम्मा २ जना संचालकको निर्वाचनको लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार पुष २८ मा गरिने निर्वाचनको लागि इन्द्रकृष्ण श्रेष्ठ र रजनी बस्नेत केसीले लिखित उम्मेदवार दिएका थिए ।
दुईको उम्मेदवार दरखास्त उपर कुनै दाबी विरोध परेको थिएन् । पुष २८ गते आँखुखोला जविद्युत कम्पनी लिमिटेडको ११ र १२ औं वार्षिक साधारणसभा नक्साल बैंङक्वेट, नक्साल, काठमाडौंमा हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस