Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालक र व्यवस्थापनलाई सचेत बनाउने शेयरधनी डम्बरुलाई खामे भन्नेलाई सभाहलबाटै यस्तो चुनौति (भिडियोसहित)

अर्थ संसार

शनिबार, २६ पुस २०७६, १२ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौ- अधिकांश साधारणसभा आफ्नो महत्वपूर्ण आवाज राख्दै आएका शेयरधनी डम्बरु बल्लभ घिमिरेल आफूमाथि लागेको  खामे आरोपमाथि खनिएका छन् ।

  एनएमबि बैंकको साधारणसभामा  बोल्दै आफूलाई खामे शेयरधनी भन्नाई शेयरधनी डम्बरु बल्भव घिमिरे भन्नछन्-' बाहिर बसेर गालि गर्ने होइन, सभामा आउनुहोस्, कम्पनीको साधारणसभा भनेको शेयरधनीको एउटा पर्व हो, कम्पनीको  हितको बारेमा  आफूलाई लागेको कुरा बुझ्न र भन्न पाइन्छ, शेयरधनीको खबरदारीले  सञ्चालक र व्यवस्थापनमा सचेत हुनेछन्, जसले गर्दा पहिलेको किस्ट बैंक र अहिलेको बैंक अफ काठमाण्डूमा  भएको नाङ्गो डाडो पाँखो देखाएर करोडौं घोटाला भएको घटना नदोहोरियोस भन्ने होस् ।'

आफूलाई त अहिले गर्व लागेको छ, साधारणसभामा बोल्ने शेयरधनीको संख्या बढ्दै गएकोमा , बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले तीन महले बनाई अस्वाभाविक रुपमा तलव भत्ता बढाउँदै आएको शेयरधनी घिमिरेले सुनाए ।

शेयरधनीको हाइहाई  कमाउन सफल शेयरधनी  घिमिरेलले भने-' हाम्रो शेयरधनीको पैसामाथि बैंक वित्तीय संस्थाका हाकिमले विदेश भ्रमण, मनोरन्जन, गाडि लगायतको सेवा सुविधान उपयोग गरिरहेका छन् ।तर, हामी शेयरधनीलाई चाहि राम्रो प्रतिफल नदिने ? शेयरधनीलाई पाखा लगाई व्यवस्थापन र सञ्चालकहरु आफैले मात्रै सेवा सुविधान उपयोग गर्दै आइरहेका छन् ।'

प्राय : कडा शव्द बोल्ने शेयरधनी घिमिरेलाई शेयरधनीले भन्दा पनि बैंक वित्तीय संस्थाका उच्चस्तरका कर्मचारी र सञ्चालकहरुले यस्तो आरोप लगाउँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको