Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, १६ : १५ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले हिजाे (साेमबार २०७६ पौष २८ गते) २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा ललितपुर स्थित ज्यापू प्रज्ञा भवनको सभा कक्षमा संचालन गरिएको थियाे ।

साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५/७६ मा गरेका कार्यक्रम तथा गतिविधिहरू बारे प्रकाश पारेका थिए ।

यसैगरी, साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष महर्जनले प्राप्त सल्लाह तथा सुझावहरूको सराहना गरेका थिए । यस्तै, उनले आगामी दिनहरूमा यस्ता सुझावहरूको कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, उनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै  स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने धारणा व्यक्त गरेका छन् ।

यस्तै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ ।

हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ४ वटा शाखा कार्यालयहरू थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको