Like us!
Follow us!
Connect us!
Watch us!

सूचना प्रविधिबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको नीति : प्रधानमन्त्री ओली

निशा हुमाँगाई

शुक्रबार, १० माघ २०७६, १७ : ११ मा प्रकाशित

सूचना प्रविधिबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको नीति : प्रधानमन्त्री ओली

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताउनु भएको छ । 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को प्रतिनिधि मण्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले तिब्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको पनि बताउनु भयो । 

‘हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचनाप्रविधि तथा इन्नोभेसनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ । डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँका अनुसार समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्प पूरा गर्न पनि सूचनाप्रविधिको विकासको विकल्प छैन । 

त्यसैगरी, प्राकृतिक तथा मानवीय जायज आकांक्षा पूर्ति गर्नका लागि आर्टि्फिसियल इन्टेलिजेन्स, डिजिटलाइजेशन आवश्यक रहेको र त्यसका लागि क्यान महासंघले नेतृत्व लिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो । 

यसैगरी, विकासको गति तिव्रतर बनाउनका लागि पनि सूचना तथा सञ्चार प्रविधिको विकास आवश्यक छ र त्यस क्षेत्रको नेतृत्व क्यानले लिनुपर्ने उहाँले बताउनु भएकाे छ । 

त्यस्तै, क्यान महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं आर्टि्फिसियल इण्टेलिजेन्स तथा इण्टरनेट अफ थिङ्स जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेका बताउनु भयो । 

क्यान महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीति, सूचनाप्रविधिका उपकरण आयात निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवद्र्धनलगायत विषयमा सम्मानीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको