अर्थ संसार, काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे ११ औं र १२ औं संयूक्त वार्षिक साधारणसभा आज (मंगलबार) नक्साल बैङ्क्वेट, नक्साल, काठमाडौंमा सम्पन्न भएकाे छ । पुस २८ गते आवश्यक गणपरक संख्या नपुगी स्थगित भएकाले पुस २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार साधारणसभा गरिएकाे हाे ।
यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ काे वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/०७७ काे लेखापरीक्षण गर्नका लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक निर्धारण गरिएकाे छ ।
त्यसैगरी, सभामा कम्पनीकाे प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशाेधन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ ।
शेयर संवाद :अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे, राधा पोखरेल-अध्यक्ष, एन.पि.एल (भिडियो-अन्तरवार्ता)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस