Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे अन्तिम दिन यस्ताे छ राष्ट्र बैंकले तोकेको विनिमयदर

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १० : ५६ मा प्रकाशित

साताकाे अन्तिम दिन यस्ताे छ राष्ट्र बैंकले तोकेको विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २४ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३०४ रुपैयाँ १९ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर  ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५३ पैसा रहेको छ ।

माथि उल्लेख गरिए अनुसार शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको देख्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको