अर्थ संसार, काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।
उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६१.८१ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले २ करोड ८४ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, संस्थाकाे प्रतिशेयर आम्दानी १३ रूपैयाँ ७३ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ ११६ रूपैयाँ ९४ पैसा रहेकाे छ ।
यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ८२ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस