काठकाडौं–नेपाल हस्तकला महासंघले १४ औं हस्तकला व्यापार मेला तथा १२ औ प्रतियोगितमक हस्तकला प्रर्दशनी मंसिरमा गर्ने भएको छ । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा मेला मंसिर १० गतेवाट हुने छ ।
प्रर्दशनीले हस्तकला उद्योगबाट उत्पादित सामानहरुको आन्तरिक र अन्तरराष्ट्रिय बजार प्रबद्र्धन गर्न, हस्तकलाका सामानहरुको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न, नेपाली उद्यमी ब्यबसायी निर्यातकर्ता र बिदेशी आयातकर्ताबीच ब्यबसायिक सम्बन्ध बिकास गर्न, ब्यापार मेला÷प्रदर्शनीको माध्यमबाट नेपाली कला तथा संस्कृतिको प्रचारप्रसार गर्न सघाउने महासंघले अपेक्षा गरेको छ ।
भृकुटीमण्डपमा हुने मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा तथा अन्य धातु, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।
महासंघले हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले २०४८ सालदेखि यस्तो मेला गर्दै आएको छ ।
नेपालमा उत्पादित हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, जर्मनी, फान्स, बेलायत, जापान, चीन, भारत लगायतका देशहरुमा हुने गरेको छ । उक्त मेलामा महासंघले १० करोड भन्दा बढिको व्यापार हुने अपेक्षा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस