Like us!
Follow us!
Connect us!
Watch us!

“बाल्ट्राले दशैं ल्यायो” अफरका विजेताहरू घोषित

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १६ : ०३ मा प्रकाशित

“बाल्ट्राले दशैं ल्यायो” अफरका विजेताहरू घोषित

अर्थ संसार, काठमाडौं - नेपालमा सर्वाधिक रूचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको “दशैं ल्यायो” नामक योजनाका विजेताहरूको नाम घोषित गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरूका लागि आकर्षक उपहारहरूका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

यस्तै, कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरूको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरू मध्ये पाल्पाका घन बहादुर सरूले भाटभटेनी, बुटवलबाट खरिद गरेका बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरूप बाल्ट्राको ५५” स्मार्ट टि.भी. जित्न सफल भएका छन् । त्यसैगरी, उक्त योजना अन्तर्गत  २ जनाले ४०” टि.भी., ३ जनाले ३२” टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरू जित्न सफल भएका छन् ।

त्यस्तै, ईलेक्ट्रोनिक तथा घरेलु सामानहरूमा विविध र नवीन उत्पादनहरू उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाइन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको