Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, ल्यायाे यस्ता नयाँ याेजना

निशा हुमाँगाई

बुधबार, २२ माघ २०७६, ११ : ४५ मा प्रकाशित

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, ल्यायाे यस्ता नयाँ याेजना

अर्थ संसार, काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।

सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुविधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोही अनुरूप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइनेछ ।

यसैगरी, उक्त योजना यही फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो । आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र विकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो ।

यस्तै, उक्त्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र विकासको मेरूदण्डको रूपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायी मित्रहरूलाई पर्यटन विकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ विशेष भूमिका खेल्न आग्रह गरेका छन् ।

त्यस्तै, नेपालका विभिन्न मनोरम हिमश्रृंखलाहरू लगायत साँस्कृतिक सम्पदाहरूको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रूपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यसैगरी, उक्त अवसरमा आइएमई ट्राभल्सले पर्यटन विकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जनाएको छ । आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथ आगामी बढ्ने कुरा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको