Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको शेयरमा लगानी गर्नु अघि हेरौं कम्पनी विश्लेषण

अर्थ संसार

विहीबार, २३ माघ २०७६, ०८ : ३१ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको शेयरमा लगानी गर्नु अघि हेरौं कम्पनी विश्लेषण

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड ३३ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ९६ लाख नाफा कमाएको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफा ७ गुणाले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड ३१ लाख छ ।

Image Not Found

कम्पनीको चूक्तापूँजी रू. ८१ करोड ८१ लाख छ । कम्पनीले यस वर्ष शेयरधनीलाई ९ दशमलव ८० प्रतिशत नगद लाभांश र १ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । बुधवार कम्पनीको शेयरमूल्य रू. १९८ कायम भएको हो । 

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ९० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै रेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. १९८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १५० मा टेवा पाउने र महँगिएमा रू. २१४ मा प्रतिरोध पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको