Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८.६७ अंककाे गिरावट

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १५ : ०५ मा प्रकाशित

नेप्सेमा ८.६७ अंककाे गिरावट

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार ८.६७ अंकले घटेकाे छ । कुल १७५ वटा कम्पनीको २८ लाख १ हजार ८०३ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ४ करोड ९३ लाख ४५ हजार ४३६ रुपैयाँको कारोबार भएकाे छ । हिजाे १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९०९ रुपैयाँको कारोबार भएकाे थियाे ।

 १३४१.२३ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म घटेर १३३३.६९ अंकमा आइपुगेको छ ।

बिहीबार उत्पादन १.६७ अंक र लाइफ इन्स्योरेन्स २३.८७ अंकले बढेकाे छ ।

त्यसैगरी, बैंकिङ ८.५८ अंक, व्यापार १.१९ अंक, हाेटल २५.६४ अंक, विकास बैंक ११.९३ अंक, जलविद्युत ८.८३ अंक, फाइनान्स ०.७२ अंक, निर्जिवन लाइफ ८८.४७ अंक, अन्य ३.२१ अंक, माइक्राेफाइनान्स १७.४६ अंक र सामूहिक लगानी कोष समूह ०.०२ अंकले घटेकाे छ । 

5e3bde2dc7052.jpg 5e3bde318ea24.jpg 5e3bde3504a85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको