Like us!
Follow us!
Connect us!
Watch us!

अझै बढ्ने कुखुराको मासुको मूल्य

निशा हुमाँगाई

शुक्रबार, २४ माघ २०७६, १३ : ४९ मा प्रकाशित

अझै बढ्ने कुखुराको मासुको मूल्य

अर्थ संसार, काठमाडौं -  कुखुराको मासुको मूल्य अझै वृद्धि हुन सक्ने मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको छ ।

यसैगरी, बागलुङमा माघ महिनाको शुरूमा रू ३८० र रू ४०० प्रतिकेजी हुँदै अहिलेको मूल्य रू ४४० पुगेको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको संघका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिएका छन् ।  “कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ”, उनले भने, “कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।”

त्यस्तै, कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरिद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायी हरूले बताएका छन् ।

यस्तै, कुखुरा कम उत्पादन भएपछि बागलुङमा हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो । कुखुरा उत्पादकको घरमै पुग्दा समेत जिँउदो कुखुरालाई रू ३०० सयमा खरिद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताएका छन् । जिउँदो कुखुरालाई रू ३०० मा खरिद गरेर गोदामभाडा, पसलभाडा तिरेर ४४० मा बिक्री गर्दा मेहेनतसमेत नउठ्ने भएको उनले जनकारी दिए ।

त्यसैगरी, खसी बोकाको मासुको समेत मूल्य वृद्धि भएको छ । ९०० प्रतिकेजी खसी-बोकाको मूल्य समेत रू ५० ले वृद्धि भएर ९५० पुगेको छ । -­ रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको