अर्थ संसार, काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।
उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १०.०२ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा २०.२० प्रतिशत धेरै हो ।
यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २० रुपैयाँ ७ पैसा रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा रहेकाे छ ।
यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा १०.०२ प्रतिशतले बढाएर ४६ करोड ५० लाख रुपैयाँ पुर्याएकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस