Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार डलरकाे भाउ घट्याे, अरू मुद्राकाे के भयाे ?

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १० : ३९ मा प्रकाशित

मंगलबार डलरकाे भाउ घट्याे, अरू मुद्राकाे के भयाे ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३१ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा  तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको