Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सकाे हकप्रद शेयर फागुन १८ गतेदेखि निष्काशन गरिने (सूचनासहित)

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, ११ : ०० मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सकाे हकप्रद शेयर फागुन १८ गतेदेखि निष्काशन गरिने (सूचनासहित)

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १८ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । उक्त प्रयाेजनका लागि कम्पनीले हिजाे (माघ २७ गते, साेमबार) शेयरधनी दर्ता किताब बन्द गरेकाे छ । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर निष्काशनमा आवेदन दिन पाउनेछन् । 

यसैगरी, कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयर १० बराबर ६ (१०:६) को अनुपातमा बिक्री गरिनेछ ।

यस्तै, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

5e423d0eb042b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको