Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंककाे नाफा घट्याे

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १२ : ०४ मा प्रकाशित

सिभिल बैंककाे नाफा घट्याे

अर्थ संसार, काठमाडौं – सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे दोस्रो त्रैमाससम्म आइपुग्दाकाे नाफा १४.७५ प्रतिशतले घटेर  ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुगेकाे छ । गत वर्षकाे यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले  १ अर्ब १९ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा  ८.६३ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ २२ पैसा रहेकाे छ ।

यसैगरी, पुस मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा पनि १४.७२ प्रतिशतले घटेर  ४४ करोड ६२ लाख ९६ हजार रुपैयाँ पुगेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e424ee40aa9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको