Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे अधिकांश सूचकमा चमक

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १३ : १५ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे अधिकांश सूचकमा चमक

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ८८ करोड ३८ लाख १६ हजार  रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १९.८३ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले ७३ करोड ७५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ९३ करोड २७ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ९.२५ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ०.१८ रूपैयाँ कम हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा रहेकाे थियाे । 

त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ  १५९ रुपैयाँ ८५ पैसा रहेकाे छ । उक्त नेटवर्थ गत वर्षकाे तुलनामा २६.७५ रूपैयाँ कम हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी १८६ रुपैयाँ ६० पैसा रहेकाे थियाे । 

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा २०.३२ प्रतिशतले बढाएर १ अर्ब  २६ करोड १९ लाख रुपैयाँ पुर्याएकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e4257ff71ee9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको