Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १२ : ४२ मा प्रकाशित

कालिका पावरले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ २५ गते सम्पन्न भएकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन ८ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१०, चितवनमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

यस्तै, कम्पनीले साधारण सभा प्रयाेजनकाे लागि माघ २६ गतेबाट बुकक्लाेज गरेकाे छ । तसर्थ, माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा काराेबार गरी उक्त मितिबाट ४ दिनभित्र कम्पनीकाे शेयर रजिष्टर ग्लाेबल आइएमई क्यापीटल लिमिटेड, जमल, काठमाडाैंबाट प्राप्त शेयर नामसारी लिखितकाे आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको