Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपले डाक्याे साधारण सभा, कति लाभांश दिँदै र बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १७ : १० मा प्रकाशित

ङादी ग्रुपले डाक्याे साधारण सभा, कति लाभांश दिँदै र बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडौं - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे आज (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फागुन २७ गते मंगलबार कम्पनीकाे सभा गर्ने निर्णय गरेकाे हाे । 

त्यसैगरी, उक्त बैठकमा आफ्ना शेयरधनीहरूलाई वितरण गरिने लाभांश पनि ताेकिएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने भएकाे छ ।

त्यस्तै, साधारण सभा प्रयाेजनका लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुकक्लाेज गर्ने भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको