Like us!
Follow us!
Connect us!
Watch us!

शेयरबजारमा लगानी गर्नेलाई सेबोनका अध्यक्ष भिष्मराज ढुंगानाले भने यस्तो

आइतबार, ०४ फागुन २०७६, ०५ : ४५ मा प्रकाशित

शेयरबजारमा लगानी गर्नेलाई सेबोनका अध्यक्ष भिष्मराज ढुंगानाले भने यस्तो

अर्थ संसार, काठमाडौं –शेयरबजारमा लगानी गर्ने लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो सुझान दिनु भएको छ। 



ढुंगाना भन्छन "लगानीकर्ताले कुनै पनि कुरामा लगानी गर्दा सोच विचार गरेर लगानी गर्नुपर्छ , लहादमा लगेर लगानी गर्नु हुदैन।  हामीले सेयरबजारमा लगानी गर्नु भनेको हाम्रो त्यो इन्भेस्टमेन्ट हो।  हाम्रो रकमहरु कुनै बेला हामी घर जग्गामा लगानी गर्छौ , केहि बैंक खातामा राख्छौ , कुनै बेला सेयर बजार लगानी गर्छौ , कुनै बेला अरु सम्पतिमा लगानी गर्छौ, यी सबै लगानीमा जोखिमहरु हुन्छन तर सबै एकै खालको हुदैन। फरक फरक प्रकृतिका हुन्छन। "

" बैंकमा रकम  राख्नु भन्दा सेयरबजारमा लगानी गर्दा  प्रतिफल राम्रो हुने सम्भावन हुन्छ।  राम्रो  कम्पनी  छनोट  गरेर  लगानी गर्न  सक्यो  भने  नियमित  रुपमा  लाभांस त आउने नै  भयो , त्यो लाभांस को अतिरिक्त  कम्पनी  जति जति बलियो  हुदै जान्छ , त्यस कम्पनीको सेयरको भाउ पनि बड्दै जान्छ। जसको कारण हामीलाई क्यापिटल गेन पनि हुन्छ।  तेसैले यो लगानीको राम्रो क्षेत्र हो र अहिले बजार उकालो लागेको अवस्था मलाई ठिकै छ जस्तो लाग्छ। "

अर्थ संसारको साप्ताहिक कार्यक्रम शेयर संवाद कार्यक्रमको पुरा भिडियो यहाँ हेर्नुहोस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको