Like us!
Follow us!
Connect us!
Watch us!

आवेदन नपरेपछि एसबिआईको ऋणपत्र आवेदन थप

अर्थ संसार

आइतबार, ०४ फागुन २०७६, ०८ : ३४ मा प्रकाशित

आवेदन नपरेपछि एसबिआईको ऋणपत्र आवेदन थप

अर्थ संसार, काठमाडौं -नेपाल एसबिआई बैंकले ऋणपत्रको आवेदन दिने समयावधि थप गरेको छ ।  बैंकले १० प्रतिशत ब्याजदरमा १० वर्षे  ऋणपत्र निष्कासन गरेको हो ।

 बैंकले माघ २८ गतेदेखि फागुन २ गतेसम्म आवेदनको अवधि तोकेको थियो ।  बैंकले तोकेको चार दिनको अवधिमा सम्पूर्ण ऋणपत्रमा आवेदन नपरेकाले अवधि लम्याएको बताएको छ ।  बैंकलेको ऋणपत्रमा अब, फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

 बैंकले कुल २ अर्ब ५० करोड ऋणपत्रमा १ अर्ब ५० करोडबराबरको १५ लाख कित्ता व्यक्तिगतलाई र १ अर्बबराबरको १० लाख कित्ता संघ संस्थालाई बिक्री गर्न लागेको हो ।

प्रतिऋणपत्र मूल्य एक हजारको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म तथा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

आवेदकले कुमारी क्यापिटल लिमिटेड, नेपाल एसबिआई  बैंककको सम्पूर्ण शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी– आस्बा सेवामा सहभागी  बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल एए’ रेटिङ प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको