Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघ बिच सम्झौता

निशा हुमाँगाई

बुधबार, ०७ फागुन २०७६, १३ : ३४ मा प्रकाशित

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघ बिच सम्झौता

अर्थ संसार, काठमाडौं – नबिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयास बाट हिजाे (मंगलबार, १८ फेब्रुअरी, २०२०) वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना भएको थियो ।

सोही कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ बीच, बैंक र संघका सदस्यहरूलाई, व्यवसाय प्रवर्द्धन तथा बैंकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ ।

यसैगरी, सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरूबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर समेत दिएका थिए ।

त्यसैगरी, यस सम्झौता संगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा शाहले जानकारी गराएका छन् ।

यस्तै, उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरूलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने, ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन गर्न बैंकको साथ पाउँदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’

त्यस्तै, नबिल बैंकले ११४ वटा शाखाहरू, १६६ वटा एटिएमहरूको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरू संगै अघि बढ्ने विश्वास राखेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको