नेपालको पूँजी बजारले इतिहास रच्दै छ । पूँजीबजारले एक पछि अर्को गरि रेकर्ड तोड कारोबार गरेका छन । फागुण १५ गते बिहिबार नेप्से ३६.०५ अकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । यसदिन ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ रुपैयाँको कारोबार गरेको छ । नेपालको पूँजीबजारको इतिहासमा नै अहिलेसम्म सबभन्दा बढिको कारोबार हो । यस दिन शेयर कित्ता खरिद बिक्रिमा पनि रेकर्ड कायम गरेको छ । यस दिन १ करोड ८ लाख ५९ हजार २ सय ५६ कित्ता शेयरको खरिद बिक्रि भएको थियो ।
नेपालको पूँजी बजारको इतिहासमा अहिले सम्मकै सबभन्दा बढि कित्ता शेयर खरिद बिक्रि भएको हो । पछिल्लो समयमा शेयरबजारमा पैसाको ओइरो नै लागेको छ भन्दा पनि फरक नपर्ला ।
नेपालको पुँजी बजारमा बहार आएको छ भन्दा पनि फरक नपर्ला । पुँजीबजार अहिले उकालो लागेको छ । नेप्से बृद्धि जारि छ भने कारोबारको रकमले पनि रेकर्ड बनाएको छ ।
केहि महिना अगाडि सम्म रु ३० ४० करोडको हाराहारिमा कारोबार हुने भइरहेकोमा अहिले लगभग साढे ४ अर्बसम्मको कारोबार हुने भइ सक्यो । यसले शेयरबजारका लगानिकर्ताहरुमा उर्जा थपेको बताउछन सरोकारवालाहरु ।
अहिले शेयरबजार सुधारको बाटोमा छन भनेर पनि भन्न गरेका छन तर पनि कतिपयको भनाइमा यो बृद्धि टिक्छ कि टिक्दैन यसमा बतै चलखेल त भइरहेका छैनन भनेर पनि शका गर्ने गरेका छन कतिपय लगानिककर्ताहरु ।
शेयरबजारमा चलखेल पनि हुने गरेको भुक्त भोगिहरु बताउने गरेका छन । शेयरबजार ओरालो लाग्दा अर्थमन्त्रीलाई दोष दिने र अर्थमन्त्रीको राजीनामा मागेर अनशन आमरण अनशन बस्ने शेयर लगानीकर्ताहरुको कथित नेताहरु नेप्सेको बृद्धिले मख्ख छन भन्दा पनि फरक नपर्ला ।
त्यसोत कतिपयको भनाइमा अर्थमन्त्री डा खतिवडाको समयावधि सकिने बेला भएकोले नेप्सेमा सुधार देखिएको हो भनेर पनि भन्ने गरेका छन । तर पनि शेयरबजारमा बहार आएकोमा शेयरबजार उकालो लागेकोमा लगानीकर्ताहरु भने उत्साहित भएका छन । लगानिकर्ताहरुमा उत्साह थपेको छ ।
कतिपय शेयर बजारका सरोकारवालाहरुको भनाइमा शेयरबजार भनेको पनि चक्रिय प्रणली सर्कल अनुसार पनि चल्ने गरेको कारणले अहिले शेयर बजारमा बियरिस ट्रेण्ड सकिन लागेको र बुलिस ट्रेण्ड को शुरुवातको समय हो भनेर पनि भन्ने गरेका छन । तर पनि अहिले शेयरबजारमा लगानीकर्ताहरुको ओइरो नै लागेको छ भन्दा पनि फरक नपर्ला ।
बिगतमा नेप्से १८८१ अक पुग्दा पनि ३ अर्बको पनि कारोबार भएको थिएन त्यस समयमा सबभन्दा बढि कारोबार भएको लगभन २ अर्ब ७५ करोडको हो । २०७३ साल साउन ११ गते लगभग २ अर्ब ७५ करोडको कारोबार भएको थियो। त्यसोत कतिपयको भनाइमा शेयरबजारमा बहार आएकोमा शेयरबजारमा अहिले अनलाइनबाट देश बिदेशका कुना काप्चामा जहा इन्टरनेटको सुबिधा छन त्यहाबाट घर पसल अफिसमा बसि बसी अनलाइनबाट शेयरको कारोबार गर्न सकिने भएको र अहिले अनलाइन बाट कारोबार गर्नेहरुको सख्या ह्वाट्रटै बढेकोल पनि अहिले शेयरबजारले फड्को मारेको हो भनेर पनि भन्ने गरेका छन ।
शेयरबजार यस्तो बजार हो शेयरबजार उकालो लागेपछि नेप्से बढे पछि लगानीकर्ताहरु उत्साहित हुने गरेका हुन्छन भने लगानी गर्ने गर्दछन । नेप्से घटेको बेला फेरि घट्छ कि भनेर लगानि गर्न डराइरहेका हुन्छन । नेप्से बढे पछि भोलि फेरि बढ्छ कि भनेर लगानी गर्ने गरेका हुन्छन ।
पछिल्लो समयमा शेयरबजारमा आएको बहारलाइ कतिपयले चक्रिय प्रणली अनुसार अब शेयरबजार बुलिस ट्रेण्डमा जान शुरु गरेकाले हो भनेर भनेका छन भने कतिपयले अनलाइनबाट पनि कारोबार गर्नेको सख्या बढेकोले हो भनेर भन्ने गरेका छन कतिपयले अर्थमन्त्रि डा. युवराज खतिवडाको समयाबधि सकिने भएकोले बढेको हो भन्ने पनि भन्ने गरेका छन ।
शेयरबजारका कतिपय लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई शेयरबजारको खलनायकको रुपमा पनि चित्रण गर्ने गरेका छन । त्यसोत कतिपयको भनाइमा नेप्से बढ्ने सकेट देखिएकोले नव प्रबेशीहरुको शेयरबजारमा प्रबेश भएकोले हो भनेर पनि भन्ने गरेका छन केहिको भनाइमा अहिले चाइनामा कोरोना भाइरसका कारणले चाइनाको ब्यापार बन्द भएकोले चाइनाको ब्यापार गर्नेहरुको लगानी शेयर बजारमा भित्रिएकोले शेयरबजार बढेको हो भनेर पनि भन्ने नभाएका होइनन भने कतिपयको भनाइमा बिगतमा नेप्से ओरालो लागेको बेला शेयरबजारबाट बाहिरिएकाहरु पुन शेयरबजारमा प्रबेश गरेकोले पनि हो भनेर पनि भन्ने गरेका छन भने अहिले बैंकहरुले पनि शेयरकर्जामा सरलिकरण गरेकाले पनि शेयरबजार बढेको हो भन्नेहरु पनि नभएका होइनन ।
शेयरबजार ओरालो उकालो लाग्ने बिबिध कारणहरु हुनछन । शेयरबजार भनेको तल माथि भइरहन्छन पनि नेप्से सधै उकोलो र सधैं ओरालो मात्र लागि रहदैन शेयरबजारमा नेप्से कहिले बढ्छ त कहिले घट्रछ नेप्से घट बढ हुने शेयरबजारको बिशेषता नै हो ।
शेयर बजारका जानकारहरु शेयर बजारलाइ बुझेकाहरुले शेयरबजारमा बैंकको तरलता बैंकको ब्याज दरले पनि शेयरबजारमा प्रभाब पार्ने बताउछन भने शेयर बजारमा राजनितिकले सरकारले नियमक निकायहरुको निति निर्देशनले पनि शेयर बजारमा नकारात्मक सकारात्मक प्रभाबहरु पार्ने गरेका हुन्छन भनेर सरोकारवालाहरु बताउने गरेका छन ।
तर पनि शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले शेयरमा लगानी गर्न भन्दा पहिले शेयरबजारको बारेमा जानकारी लिन पर्ने देखिन्छ अरुको देखा सिकिमा हल्लाको भरमा शेयरमा लगानी गर्न उपयुक्त हुन्दैन । कतिपय अबस्थामा शेयरबजार नैप्से उकालो लागेको बेला ठुला ुठला लगानिकर्ताहरु कमाएर उम्कने र साना तथा नव प्रबेशी लगानिकर्ताहरु फस्ने पनि गरेका हुन्छन । यसमा भने लगानी कर्ताहरु सचेत हुनु पर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस