Like us!
Follow us!
Connect us!
Watch us!

गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

सोमबार, १९ फागुन २०७६, १६ : २७ मा प्रकाशित

गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

अर्थ संसार, काठमाण्डौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ ।   नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५  को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो ।  

त्यस्तै, प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन ।  प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको