Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा एक्कासी पहिरो जानुमा यसो भन्छन् शेयर विश्लेषकहरु

अर्थ संसार

मंगलबार, २० फागुन २०७६, १० : २० मा प्रकाशित

शेयर बजारमा एक्कासी पहिरो जानुमा यसो भन्छन् शेयर विश्लेषकहरु

अर्थ संसार, काठमाडौं–  केहि दिनअघि देखि निरन्तर उकालो लागेको शेयर बजारमा सोमबार एकाएका पहिरो गयो ।नेप्से ९६ अंकले घट्यो । किन एकाएक शेयर बजार घट्यो त ? यसमा शेयर विश्लेषकहरु यसो भन्छन् ।


छोटेलाल रौनियार -अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
 
पुँजी बजारमा सबै किसिमले सकारात्मक माहोल बनेका बेला नेप्से उकालो लाग्नु स्वभाविक पनि हो । तर, सोमबार सर्किट नै लगाउनुपर्ने गरी बजार घट्नुमा लगानीकर्ताका लागि दुःखद् पक्ष हो ।

तथापि, बजार घट्नुको प्रमुख कारण लगानीकर्ताले नाफा बुक गर्नु नै हो । अरु कुरा सहायक मात्र हुन् । छोटो समयमा करिब ४ सय अंकले बढ्दा कारोबारीले नाफा बुक गरेका हुन् । यही बेला नयाँ लगानीकर्ता पनि आत्तिए । त्यही भएर घटेको हो । बजार फेरि बढ्छ, आत्तिनुपर्दैन । सरकारले सुधारका कदम चालिरहेको छ । लगानीकर्ताले सहज हिसाबले सेयर कर्जा पाएका छन् ।
राधा पोखरेल

छोटो समय मा ट्रेडर हरुले मन्ग्य नाफा बुक गर्नु ।फागुन द्दज्ञ सम्म राज्य सभा मनोनित अन्योल मा पर्नू । पछिल्लो समय नेप्से बिना करेक्सन ४०० अंक बढेको थियो। आइतबार बजारमा सामान्य करेक्सन देखिएको थियो। बजार घटेपछि लगानीकर्ताहरु आत्तिएर बिक्री गर्न लागेपछि यस दिन नकारात्मक सर्किट लागेको हो।

राधा पोखरेल - अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ

छोटो समय मा ट्रेडर हरुले मन्ग्य नाफा बुक गर्नु ।फागुन द्दज्ञ सम्म राज्य सभा मनोनित अन्योलमा पर्नू । पछिल्लो समय नेप्से बिना करेक्सन ४०० अंक बढेको थियो। आइतबार बजारमा सामान्य करेक्सन देखिएको थियो। बजार घटेपछि लगानीकर्ताहरु आत्तिएर बिक्री गर्न लागेपछि यस दिन नकारात्मक सर्किट लागेको हो।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

नरेन्द्र चुदाली-शेयर विश्लेषक

हुनत नेप्सेले बुलिस यात्रा तय गर्ने क्रममा  पछिल्लो समय केही सकारात्मक संकेतहरु नदेखिएका  होइन । तथापी पछिल्लो हप्ता नेप्सेमा आएको तेजि बजारका आधारभुतहरु पक्षमा देखिएको सकारात्मक प्रवृत्ति भन्दा पनि अर्थमन्त्री खतिवडाको बहिरंगमनको हल्ला र अनुमानको कारण  थियो। तर पछिल्लो समय राजनितिमा देखिएका घटनाक्रमहरुले लगानीकर्ताहरुबाट नरुचाइएका खतिवडा नै पुनः अर्थमन्त्रीमा दोहोरिने संकेत देखिएपछी साताको पहिलो दिन आइतबारबाटै त्यसको मनोबैज्ञानिक असर इण्डेक्समा  देखिन पुग्यो। फलस्वरुप बजारको बुल रेस मा ब्रेक लाग्न पुग्यो। पुराना तथा नयाँ दुबै लगानिकर्ताहरु बजारको गति प्रती विस्श्वस्त हुन नसक्दा नफा बुक गर्ने क्रम सोमबारको कारोबारमा अझ तिब्र बन्न पुग्यो।

जसले गर्दा बजारमा नकारात्मक सर्किट लाग्न गइ कारोबारनै स्ट्प गर्नुपर्ने स्थिती देखा पर्यो। सोमबारको घटाइको मात्रा हेर्दा यसलाइ करेक्सन भन्न मिल्ने स्थिती देखिदैन। यसले बजारको मनोविज्ञान अझै शशक्त बन्न नसकेको देखिन्छ। किनकी बजारका समग्र पक्ष सकारात्मक देखिँदा देखिदै लगानीकर्तामा देखिएको  ' प्यानिक मुड' ले बजार प्राकृतिक लयमा जान नसकेको अनुमान गर्न सकिन्छ। तरलता सहज भएको , ब्याजदर सुलभ हुने क्रममा रहेको, राज्यका नितिगत पक्ष पनि बजार मैत्री बन्दै गएको स्थितिमा यो स्तरको नेगेटिभ सर्किट लाग्नु पर्ने कारण देखिदैन। यद्यपि कारोबार रकमलाइ हेर्दा केहि सन्तोष गर्नुपर्ने ठाउँ देखिन्छ।

केशव कोइराला– शेयर विश्लेषक

 - बजार प्राकृतिक भन्दा पनि कृत्रिम चलायमान देखिन्थ्यो ।
- शुरुआत नै कमजोर बितिय सुचकांक भएका,नाफा घटाउदै गएका,केहि बर्ष देखि लाभांश बितरण नगरेका, अझै केहि बर्ष लाभांश बितरण गर्न नसक्ने,नियमित साधारणसभा गर्न नसक्ने रोगी कम्पनीहरुको कर्नरिङ गरेर बढाइएको बजार थियोे ।
- बिचबिचमा मजबुत कम्पनी १र२ दिन बढेर थेगिएको बजार थियो ।
- सट्टेबाजहरुले कर्नरिङ गरेर नेप्से २००० हाराहारीमा पुर्याएर नयाँ लगानीकर्ता लाइ ४र६ महिना थला पार्ने भारी बोकाउने उदेश्य थियोे ।
- धन्न बजार समयमै करेक्सनमा गएकाले धेरै ठुलो क्षति हुन पाएन।
- यसपटक बजार जसरि चढेको त्यसरि नै झरेकाले मै हु भन्ने सट्टेबाजहरुले पनि भारी बिसाउने अबसर पाएनन।बुल ट्रयापमा खेलाडी नै परे।तिनिहरु बजार तुरुन्तै चढ्ने जाल फाल्दै छन।अब २र३ दिन केहि बढाएर तिनले भारी बिसाउछन।तिनले फालेको बेलुनको आधा हावा खुस्के पछि फेरि बेलुन बटुल्न थाल्छन।
खेलाडी का बेलुनका भरियाले कहिले कुरा बुझ्लान।
सेयर बजार नदि हो।बिस्तारै बढ्दै जान्छ।बिच बिचका खहरे उर्लिन्छन् ,सुक्छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको