Like us!
Follow us!
Connect us!
Watch us!

गेपर्ट हाइड्रो इन्डिया र एरिस इनर्जीबीच इलेक्ट्रो–मेकानिकल कार्य सम्झौता

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १९ : ०१ मा प्रकाशित

गेपर्ट हाइड्रो इन्डिया र एरिस इनर्जीबीच इलेक्ट्रो–मेकानिकल कार्य सम्झौता

गेपर्ट हाइड्रो इन्डिया प्रा.लि. र एरिस इनर्जी प्रा. लि.बीच सोलुखुम्बु जिल्लामा अवस्थित लुजा खोला क्यास्केड जलविद्युत् आयोजना (९.५ मेगावाट) को इलेक्ट्रो–मेकानिकल कार्यका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार गेपर्ट हाइड्रो इन्डिया प्रा.लि.ले आयोजनाका लागि आवश्यक टरबाइन, जेनरेटर तथा सम्पूर्ण इलेक्ट्रो–मेकानिकल कार्य गर्नेछ ।

उक्त आयोजना  कुनाल कायल,  कुमार खरेल र मुक्तिबोध न्यौपानेको नेतृत्वमा अघि बढाइएको हो ।

यो समूहद्वारा अघि बढाइएको यो दोस्रो आयोजना हो । यसअघि उनीहरूले प्रवर्द्धन गरेको देउमाई खोला जलविद्युत् आयोजना हाल डिस्प्याच चरणमा पुगेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको