Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताका ११ बुँदे माग, सेबोन अध्यक्ष कार्यालयमा थुनिए

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १८ : ४९ मा प्रकाशित

लगानीकर्ताका ११ बुँदे माग, सेबोन अध्यक्ष कार्यालयमा थुनिए

नेपाल धितोपत्र बोर्ड सेबोनमा पुगेका लगानीकर्ताहरुले ११ बुँदे माग प्रस्तुत गर्दै माग पुरा नहुनेजलेसम्म घर नफर्किने अडान लिएका छन् । आइतबार सेयर बजार सुधार गर्नु पर्ने विभिन्न ११ वटा माग राखेर लगानीकर्ताहरुले बोर्ड घेराउन गरिरहेका छन् । 

अहिले लगानीकर्ताहरुले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालयमा नै थुनेर राखेका छन् । अहिले बोर्डको कार्यालयमा ठूलो संख्यामा लगानीकर्ताहरुको भिड रहेको छ । लगानीकर्ताहरु बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बार्ताका क्रममा माग कार्यान्वयन गर्नका लागि आग्रह गरिरहेका छन् । लगानीकर्ताको मनोबल घटिरहेको भन्दै बजार सुधारका लागि लगानीकर्ताका माग पुरा गर्नु पर्ने उनीहरुको अडान छ ।

यस्ता छन् लगानीकर्ताले बोर्डसमक्ष राखेका विभिन्न ११ बुँदे मागहरु :

१. आईपीओ र हकप्रद स्वीकृति दिने कार्य कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्ने,

२. संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने,

३. एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने,

४. सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने,

६. असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने,

७. ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने,

८. बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत हैन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्ने,

९. कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशत सम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्ने,

१०. लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्ने ।

११. अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको