Like us!
Follow us!
Connect us!
Watch us!

फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे 'प्रगतिशील अभियान नेपाल'

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १५ : ४८ मा प्रकाशित

फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे 'प्रगतिशील अभियान नेपाल'

नेकपा माओवादी केन्द्र विभाजित भएको छ। नेकपा एकीकृत समाजवादीसहित आठ दलसँग एकता गर्ने निर्णयपछि पार्टीका केही वरिष्ठ नेता नयाँ राजनीतिक अभियानतर्फ उन्मुख भएका छन्।

पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, र पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेल लगायतले पार्टी छोडेर नयाँ अभियान सुरु गरेका छन्। मंगलबार पत्रकार सम्मेलनमा शर्माले नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरे।

शर्माले बताएअनुसार उनीहरू पार्टीको मुख्य नेतृत्वसँग लामो समयदेखि असहमति राख्दै आएका थिए। माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्ष र पछिल्लो ‘जेनजि आन्दोलन’का माग तथा भावनाको विपरीत पार्टी र नेतृत्वले अघि बढेकाले उनीहरूले एकता प्रक्रियाबाट बाहिरिनु परेको हो। उनले विगतको नेतृत्वका कमजोरी र खराब आचरणमा आफूहरूले पनि सघाएको स्वीकार गर्दै अब सच्चिएर नयाँ अभियानमार्फत अघि बढ्ने दाबी गरे।

पत्रकार सम्मेलनमा शर्माले भने,‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको