Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुरका मुद्दाहरु बढ्दै

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १४ : ३० मा प्रकाशित

बैंकिङ कसुरका मुद्दाहरु बढ्दै

अर्थ संसार, काठमाडाैं - मुलुकी अपराधसंहिता लागू भएसँगै चितवन जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तीन वर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ । प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष  ०७४/७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताएका छन् । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो । जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए । - रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको