Like us!
Follow us!
Connect us!
Watch us!

भोलीदेखि स्टान्डर्ड चाटर्डको एफपीओ आउँदै, यहाँबाट भर्न सकिन्छ

सोमबार, ३० फागुन २०७३, १२ : ३१ मा प्रकाशित

भोलीदेखि स्टान्डर्ड चाटर्डको एफपीओ आउँदै, यहाँबाट भर्न सकिन्छ

अर्थ संसार 
काठमाडौं– काठमाडौं– स्टान्डर्ड चार्टर्ड बैंकले  एफपिओ भोलिदेखि बिक्री खुला हुँदैछ ।बैंकले प्रतिकित्ता मूल्य एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर एफपीओ जारी गर्न लागेको हो ।

बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर प्रतिकित्ता १ हजार २ सय ९० रुपैयाँका दरको जारी गर्नेछ ।

बिक्री प्रबन्धक एनएमवि क्यापिटल 
एफपीओको विक्री प्रबन्धकमा एनएमवि क्यापिटल रहेको छ । बैंकले चैत १ गतेदेखि ४ सम्म उक्त एफपीओ विक्री खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार ५ सय ८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनसँगै चुक्ता पूँजी बृद्धिको लागि बैंकले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओ जारीसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख १५ हजाररुपैयाँ हुनेछ । त्यसलगत्तै बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
 

सेयर भर्ने स्थान

58c6411290a40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको