अर्थ संसार, काठमाडौं - मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्।
मास्कको माग बढेसँगै औषधि पसलेले अस्वाभाविक रूपमा मूल्य बढाएर बेच्न थालेका छन्।
कृत्रिम अभाव सिर्जना गरी महंगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस काममा लागेको खबर आजको नागरिक दैनिकमा लेखिएकाे छ।
पोखराका औषधि पसलेले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४५० मा बिक्री गरेको पाइएको छ।
बढी मूल्य लिएर मास्क बेच्ने औषधि पसल स्थानीय प्रशासनले बन्द गरेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अजिश मेडिकल फर्मामा छापा मारेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस