Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन बैंकको हकप्रद सेयर ? बजारमा यी  बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद लिलामीमा

मंगलबार, ०१ चैत्र २०७३, १० : ०८ मा प्रकाशित

किन्ने होइन बैंकको हकप्रद सेयर ? बजारमा यी  बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद  लिलामीमा

अर्थ संसार 
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तयार भएर बस्नुहोस् । किन कि बजारमा चारबटा बाणिज्य बैंकको १६ लाख ७१ हजार ८४३ कित्ता सेयर लिलामीमा रहेको छ ।

बैंकको चुक्तापुँजी ८अर्व रुपैयाँ पुर्याउनको लागि बाणिज्य बैंकहरुले विभिन्न समयमा हकप्रद सेयर निष्कासन गरेको थियो । सो हकप्रद सेयर सवै विक्रि नभएपछि बाणिज्य बैंकहरुले सेयर लिलामी गर्न लागेका हुन् ।

हिमालयन बैंक

हिमालयन बैंकले हकप्रदमा नबिकेको एक लाख ४५ हजार पाँच सय ८० कित्ता कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । त्यस्तै माछापुच्छ्रे बैंकले ३ लाख ७१ हजार ८२९ कित्ता, जनता बैंकले सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर कित्ता र मेगा बैंकले हकप्रदमा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा राखेको हो । 

आजदेखि स्टान्डर्ड चाटर्डको एफपीओ बजारमा, यहाँबाट भर्न सकिन्छ 

हिमालयन बैंकले चैत १० गतेदेखि १६ गतेसम्म  एक लाख ४५ हजार ५८०कित्ता सेयर लिलामीमा राखेको छ ।

न्यूनतम एक सय कित्ता र अधिकतम सबैं कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । लिलामीमा राखिएको सेयरको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ भने बोलकबोल पत्र चैत १७ गते ११ बजे जय गणेश कमलादी बेन्क्वेटमा खोलिने छ  ।

माछापुच्छ्रे बैंक

त्यस्तै माछापुच्छ्रे बैंकले ३ लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो ।

फागुन २७ गते शुक्रबारदेखि खुलेको बोलकबोलको आवेदन चैत ३ गतेसम्म लिने दिन सकिने छ ।  सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।

जनता बैंक
त्यसैगरी जनता बैंकले पनि चैत एक देखि १५ गतेसम्म सर्बसाधारण र संस्थापक गरि सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक सेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सेयर बेच्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्ग कमलपोखरीबाट चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् ।

बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बिक्री प्रबन्धकले बोलकबोलको नतिजा चैत १६ गते अपरान्ह ३ बजे बोलपत्रदाता वा उसका प्रतिनिधिको उपस्थितिमा खोल्नेछ ।

मेगा बैंक
मेगा बैंकले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि २० गतेसम्म लिलामी गर्ने भएको छ । जसमध्ये एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर छ भने दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर रहेको छ

। बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिङ रहेको छ । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको