Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र त्रिवेणी विकास बैंकले पाए मर्जरका लागि अन्तिम स्वीकृति

मंगलबार, ०१ चैत्र २०७३, १४ : ०७ मा प्रकाशित

जनता बैंक र त्रिवेणी विकास बैंकले पाए मर्जरका लागि अन्तिम स्वीकृति

अर्थ संसार 
काठमाडौं–  नेपाल राष्ट्र बैंकले जनता बैंक नेपाल र त्रिवेणी विकास बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको सोमवारको बैठकले आपसमा गाभ्नरगाभिन अन्तिम स्वीकृति दिएको हो । केही समय अघि यी दुई बैंकबीच समान स्वामित्वमा मर्जरमा जाने सहमति भएको थियो । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेकाले अब एकीकृत कारोबारको प्रक्रीया सुरु हुने बैंक स्रोतले जानकारी दिएको छ ।

मर्जरपछि बैंकको नाम भने जनता नै राखिने सहमति भएको उक्त स्रोतको भनाइ छ । यसअघि पनि जनता बैंकले माच्छापुच्छे बैंकसँग मर्जर गर्ने भनेर सैद्धान्तिक सहमति लिएको थियो । तर, पछि सेयर स्वाप रेसियो लगायतमा कुरा नमिलेपछि मर्जर भाँडिएको थियो ।

केन्द्रिय बैंकले आगामी असार मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको छ । उक्त निर्देशनको पालना गर्न पनि मर्जरको विकल्प नभएको बैंकरहरुले बताएका छन् ।

यी दुबै बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा पनि गरिसकेका छन् । भिवोर सोसाइटी डेभेलपमेण्ट बैंक र लुम्बिनी फाइनान्सलाई पनि एकाआपसमा गाभ्न गाभिन सैद्धान्तिक सहमति दिइएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘ख’ वर्गको भिवोर सोसाइटी डेभेलपमेण्ट बैंक र ‘ग’ वर्गको लुम्बिनी फाइनान्स मर्जरमा जाने थप प्रक्रीया अब अघि बढाइने  बताइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको