Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक बिच  विशेष सम्झौतापत्रमा हस्ताक्षर

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, १५ : ०८ मा प्रकाशित

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक बिच  विशेष सम्झौतापत्रमा हस्ताक्षर

अर्थ संसार, काठमाडौं - टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरेका छन् ।

यसैगरी, सम्झौता सँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । 

बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।

त्यस्तै, नबिल बैंकले ११८ वटा शाखाहरू, १७६ वटा एटिएमहरूको विशाल संरचना र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरू सँगै अघि बढ्ने विश्वास राखेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको