Like us!
Follow us!
Connect us!
Watch us!

घरदैलोमा नै भत्ता बुझ्नपाउदा ज्येष्ठ नागरिक खुसी

बुधबार, २८ फागुन २०७६, १३ : ५३ मा प्रकाशित

घरदैलोमा नै भत्ता बुझ्नपाउदा ज्येष्ठ नागरिक  खुसी

अर्थ संसार, काठमाडौं– ज्येष्ठ नागरिकलाई भत्ता सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकलाई दमौली सम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकाले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौं, श्रेष्ठले भने, “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक  खुसी छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिकबापतको ८ हजार रुपैयाँ र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई १२ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको छ । घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुसी व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको