Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्याेरेन्सकाे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १२ : ३२ मा प्रकाशित

नेपाल इन्स्याेरेन्सकाे सभा कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ७१औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे फागुन २१ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ७१औँ वार्षिक साधारण सभा चैत्र २१ गते शुक्रबार एयरर्पाेट हाेटल, सिनामङ्गल, काठमाडाैंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यस्तै, सभामा कम्पनीकाे हाल कायम चुक्ता पूँजीकाे ५ प्रतिशतका दरले हुन आउने ५ कराेड ४७ लाख ७६ हजार ८३३ रूपैयाँ बराबरकाे बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिँदैछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e6b2fbfdb968.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको