Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयाेग प्रदान

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १२ : ५२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयाेग प्रदान

अर्थ संसार, काठमाडाैं -  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महेन्द्र भवन माध्यमिक आवासीय  विद्यालयलाई आर्थिक सहयाेग प्रदान गरेकाे छ । 

शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरमा स्थित महेन्द्र भवन माध्यमिक आवासीय  विद्यालयलाई संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शौचालय निर्माणको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हाे ।

बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे हाे । विद्यार्थीको मानसिक विकासमा स्वास्थ्यले ठूलो भुमिका खेल्ने भएकोले गर्दा विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

त्यस्तै, ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरूस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरू समेत संचालनमा ल्याएको छ। अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको