Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावरकाे शेयरमूल्य समायाेजन

निशा हुमाँगाई

आइतबार, ०२ चैत्र २०७६, १२ : २६ मा प्रकाशित

नेप्सेमा अपि पावरकाे शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद शेयर र बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ४६.७६५ प्रतिशत हकप्रद शेयर र ५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ११४ रुपैयाँ ५० पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीकाे १६औँ वार्षिक साधारण सभा चैत्र ७ गते कार्की ब्यांक्वेट, बबरमहल, काठमाडाैंमा हुँदैछ । उक्त सभामा गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र  ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरीँदैछ । 

त्यस्तै, साधारण सभा, लाभांश वितरण तथा हकप्रद निष्कासन प्रयाेजनका लागि कम्पनीले चैत्र १ गतेदेखि बुकक्लोज गरेको छ । 

कम्पनीले, हाल कायम चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरले १ करोड १९ लाख ७ हजार कित्ता साधारण शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख  रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ हजार ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको