अर्थ संसार, काठमाडौं – किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरूको स्वास्थ्यको ख्याल राख्दै प्रवेशद्धारमा ग्राहकहरूको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ ।
लाउन्जले आफ्ना ग्राहकहरूमा कोरोना संक्रमण नहोस् भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिएका छन् । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताएका छन् ।
लाउन्जमा यहि चैत्र ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखिएको छ । आगामी चैत्र ३० गते द एक्स ब्याण्डको लाइफ कन्सर्ट आयोजना गर्ने लाउन्जले जनाएको छ ।
शिवरात्रीको अवसरमा लाउन्जमा नेपालका सांगितिक क्षेत्रका हस्तीहरू ईश्वर गुरूङ्ग (नमस्ते ब्याड), संगितकार तथा गितकार दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गायक गंगा बरदान, यम बराल, अमर गुरूङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को वृहत जमघट समेत आयोजना गरेको थियो ।
पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरूलाई स्वादिष्ट परिकारहरू प्रदान गर्दै आएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई निशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरूलाई निशुल्क ककटेल उपलब्ध गराउने गरेको छ ।
लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएको संचालकको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस