Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेको ३१ लाख कित्ता बोनस सेयर सूचीकृत

विहीबार, ०३ चैत्र २०७३, १२ : ४९ मा प्रकाशित

चिलिमेको ३१ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

काठमाडौं– चिलिमे हाइड्रोपावर लिमिटेड ३१ लाख ३४ हजार ४६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्चेन्जमा आज सूचीकृत भएको हो ।

 नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार बोनस सेयर सूचीकृत भएपछि केही दिनभित्रै कारोबार समेत हुने जनाइएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ५६ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।अघिल्लो बर्ष यतिबेला कम्पनीको नाफा रु ५३ करोड ३२ लाख थियो ।

कम्पनीको विजुली विक्रीबाट भएको आम्दानी रु पाँच करोड बढाएको छ भने बैंकमा राखेको निक्षेपबाट हुने ब्याज आम्दानी भने केही घटेको थियो । कम्पनीले विजुलीको विक्रीबाट रु ६४ करोड २५ लाख आम्दानी गरेको छ । कम्पनीले ब्याज आम्दानी रु चार करोड गरेको छ ।

अघिल्लो बर्ष ब्याज आम्दानी रु पाँच करोड ६८ लाख गरेको थियो । कम्पनीको सेयर पुँजी रु तीन अर्ब १३ करोड छ ।

यो पनि पढ्नुहोस्

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ओइरिए लगानीकर्ता दुई अर्ब बढीको आवेदन

मन्त्रीपरिषद्‍मा नै रोकियो बुढीगण्डकीको प्रस्ताव 

लोडसेडिङ अन्त्य पछि पनि किन पटक पटक जान्छ, विद्युत्प्राधिकरणको संरचनाले धान्दैन अबको माग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको