अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) डलरकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेकाे छ ।
त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ०६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५३ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ १३ पैसा तोकिएको छ ।
अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस