Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्याे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश स्वीकृत

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १३ : २९ मा प्रकाशित

राष्ट्र बैंकले गर्याे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे लाभांश स्वीकृत

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे प्रस्तावित लाभांश स्वीकृत गरेकाे छ । 

कम्पनीकाे चैत्र १ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीका शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६ सय रुपैयाँ बराबरकाे बोनस शेयर वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e77199196220.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको